भन्सार छली ल्याउँदै गरेको लत्ताकपडा तथा मोबाईलका कभरहरू बरामद
२०७८-०६-१३
- A
- A-
- A+
पर्सा, २०७८ असोज १३ गते । सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा वीरगञ्ज महानगरपालिका भित्र ईनर्वागाउँ, नगवा र लिंकरोड स्थितबाट मिति २०७८।०६।११ गते अं. २१:०० बजे अवैध रूपमा भन्सार छली ओसारपसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिई विभिन्न किसिमका लत्ताकपडा तथा मोबाईलका कभरहरू बरामद गरी रू. ६,८३,६७०।- (छ लाख त्रियासी हजार छ सय सत्तरी) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको ।