ट्रक सहित सामान नियन्त्रणमा लिएको
२०८०-०६-०५
- A
- A-
- A+
१.
बारा, मिति २०८०।०६।०५ गते अं.०२:३० बजेको
समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.१ पथलैया चोकमा प्र.चौ.पथलैया बाराबाट
प्र.ब.ना.नि. को कमाण्डमा खटिएको चेकिङ टोलीले बिशेष सुचनाको आधारमा बिरगंजबाट
रुपन्देही तर्फ जाँदै गरेको वा.प्र.-०३-००१.ख.२३११ नं.को ट्रकलाई रोकी चेक जाँच
गर्दा विल विजक भन्दा बढीको खुद्रा सामानहरू रहेको र उक्त सामानको स्रोत खुलाउन
नसकेकोले, उक्त खुद्रा सामानहरु अं. मुल्य रू. ५१,४६,७५४/- (एकाउन लाख छयालिस हजार
सात सय चौवन रुपैयाँ) बराबरको र ट्रकको अ.मु. २५,००,०००/- (पचिस लाख) बराबरको गरी
जम्मा अ.मु. रू. ७६,४६,७५४/- (छिहत्तर लाख छयालिस हजार सात सय चौवन रुपैयाँ)
बराबरको खुद्रा सामानहरु सहित ट्रक नियन्त्रणमा लिई प्र.चौ. पथलैया बारामा राखिएको
।
२.
बारा, मिति २०८०/०६/०५ गते अ.०१:३० बजेको
समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.०७ जितपुर स्थित ई.प्र.का.जितपुरबाट
प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलि र जि.प्र.का. बाराको सुचना संकलन शाखाबाट
खटिएको संयुक्त टोलीले विशेष सुचनाको आधारमा बिरगंजबाट रौतहट तर्फ जाँदै गरेको
ना.३.ख.४४९१ न.को ट्रकलाई रोकी चेक जाँच गर्दा विलबिजक भन्दा बढीको हार्डवेयर तथा
खुद्रा सामानहरु बोकेको र उक्त सामानको स्रोत खुलाउन नसकेको कारण अं.मुल्य ३२,०६,३२२.०५/-
(बत्तिस लाख छ हजार तिन सय बाईस रुपैया पाँच पैसा) बराबरको हार्डवेयर तथा खुद्रा
सामान सहित उक्त ट्रक नियन्त्रणमा लिई ई.प्र.का जितपुरमा ल्याई राखिएको ।