फरार प्रतिवादी पक्राउ
२०८०-०६-०७
- A
- A-
- A+
१.
धनुषा, मिति २०८०।०६।०६ गते अ. ०८:३० बजेको
समयमा जिल्ला धनुषा गणेशमान चारनाथ नगरपालिका ५ बस्ने सरुपाल महत्तोको छोरा वर्ष
अ. ४८ को श्रीराम महत्तोलाई बिगो मुद्दामा सम्मानित धनुषा जिल्ला अदालतको लागत
नम्बर ३४१।१३९ भएको र पत्र नम्बर ०८०-३६-००१७०८ भएको निज प्रतिवादीलाई पक्राउ
अनुमति भई फरार रहेको बिगो मुद्दामा निज प्रतिवादीलाई पक्राउ गरि ई.प्र.का. ढल्केबर
तर्फ पठाईएको, उक्त स्थानमा प्र.चौ. पोर्ताहा धनुषाबाट प्र.ना.नि.को कमाण्डमा टोलि
खटिएको ।
सिरहा,
मिति २०८०।०६।०६ गते अं.१९:०० बजेको समयमा जिल्ला सिरहा कल्याणपुर न.पा.१०
कोरनियाही टोल बस्ने पुरण मण्डलको छोरा वर्ष २५ को मुकेश मण्डल ठगी
सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीलाई गोप्य सुचनाको आधारमा ई.प्र.का.
मिर्चैया सिरहाबाट प्र.स.ह. को कमाण्डमा खटिएको टोलीले जिल्ला सिरहा लहान न.पा.८
स्थित बाटोमा हिंडडुल गरी रहेको अवस्थामा नियन्त्रणमा लिई ई.प्र.का. मिर्चैयामा
ल्याई राखिएको ।