प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणीमा संलग्न अभियुक्त पक्राउ

२०८०-०६-०७

  • A
  • A-
  • A+
Share

बारा, मिति २०८०।०६।०५ गते अं.१६:०० बजेको समयमा जिल्ला बारा निजगढ न.पा. १२ स्थित अं. वर्ष ११ कि बोल्न नसक्ने (फरक क्षमता भएकी) बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनसाथ ई.प्र.का.निजगढ, बाराबाट प्रहरी टोली उक्त स्थानमा खटी गएको, तत्कालै निज पीडितलाई उपचारको लागि कलैया प्रादेशिक अस्पतालमा पठाईएको, सो घट्नाको अनुसन्धानको क्रममा ऐ.ऐ.बस्ने अं. वर्ष ६० को राना साईला भन्ने सोम बहादुर लुम्बालाई खोजतलास गरी रातको अं.११:०० फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
ट्रक सहित लागू औषध गाँजा नियन्त्रणमा
२०८१-०७-११

१.     धनुषा, जनकपुरधाम उपमहानगरपालिका १४ बाबा आयल सेन्टर नजिकबाट अन्दाजी २२१.३८ के.जी. लागू औषध गाँजा सहित जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका २ बस्ने वर्ष २४ को प्रकाश लुङ्गवालाई कार्तिक १० गते शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा चेक जाँच गर्ने क्रममा ना.५ ख १७७ नं.को मिनी ट्रकलाई चेक जाँच गर्दा ट्रकमा फल्स बटन बनाई लुकाई छिपाई राखेको उक्त परिमाणको लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बिलबिजक भन्दा बढी सामान लोड रहेको कन्टेनर नियन्त्रणमा
२०८१-०७-११

१.     सर्लाही, बागमती नगरपालिका ११ कार्यालय अगाडी चेक प्वाईन्टबाट अन्दाजी मूल्य रू. ५५,८३,३११/- (पचपन्न लाख तीरासी हजार तीन सय एघार रुपैयाँ) मुल्य बराबरको समान सहित ना.६ ख. ७१३ नम्बरको कन्टेनर गाडीलाई कार्तिक १० गते शनिवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बिरगंजबाट सुनसरी तर्फ जाँदै गरेको उक्त कन्टेनरलाई चेक जाँच गर्दा बिलबिजक शंकास्पद देखिएकोले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।

बिल बिजक भन्दा बढी सामान लोड रहेको ट्रक नियन्त्रणमा
२०८१-०७-०९

पर्सा, बिरगंज महानगरपालिका ८ घण्टाघर स्थितबाट अन्दाजी मुल्य रू. १,४६,०९,६७८/- (एक करोड छयालिस लाख नौ हजार छ सय अठहत्तर रुपैयाँ) बराबरको सामान सहित सु.प.प्र. ०१-००१ ख.२६६१ र सु.प.प्र. ०१-००१ ख २६९९ नम्बरको ट्रकलाई बिहीबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा बढी सामानहरु लोड गरी लैजाँदै गरेको शंकालागी उक्त दुवै ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको ।  

चाँदी जस्तो देखिने धातु सहित मानिस नियन्त्रणमा
२०८१-०७-०९

बारा, जितपुरसिमरा उपमहानगरपालिका २१ स्थितबाट चाँदी जस्तो देखिने सेतो धातु १४ के.जी. (मुर्ति, जन्तर, कम्मरमा लगाउने पेच आदि) अं. मुल्य रु. २५,०४,९५० (पच्चिस लाख चार हजार नौ सय पचास रुपैयाँ ) सहित जि. बारा प्रसौनी गा.पा. वडा नं. ६ प्रस्टीका बस्ने नागेन्द्र साह सोनारको छोरा अं. बर्ष ३३ को सन्तोस साह सोनार र जि. बारा जितपुरसिमरा उ.म.न.पा. ८ गमरगावा टोल बस्ने हुसेनी महतोको छोरा अं. बर्ष २७ को सुरेश महतोलाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा पथलैयाबाट हेटौंडा तर्फ जाँदै गरेको ना ५२ प २५८४ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल र ना ५५ प ३९३२ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकलमा सवार निजहरुलाई उक्त धातु सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।