हिरासत कक्षबाट फरार रहेका थुनवा पक्राउ
२०७८-०६-१०
- A
- A-
- A+
सिरहा, २०७८ असोज १० गते । लागू औषध मुद्दाको अनुसन्धानको सिलसिलामा ईलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका जिल्ला सिरहा नवराजपुर गा.पा. वडा नं. १ बस्ने बर्ष ३४ को राम प्रकाश भन्ने पशुपति यादव मिति २०७८।०३।२६ गते बिहान अं.०१:५० बजेको समयमा हिरासत कक्षको प्यासेजको झ्यालको ग्रिल तोडी भागी फरार रहेकोमा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले मिति २०७८।०६।०९ गते बिहान अं. ०५:०० बजेको समयमा जिल्ला सिरहा सखुवानान्कारकट्टी गा.पा. वडा नं. १ मौवाहीको लच्कापुलबाट पक्राउ गरी ईलाका प्रहरी कार्यालय लहानबाट थप अनुसन्धान भईरहेको ।