फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०६-०९
- A
- A-
- A+
१.
धनुषा, मिति २०८०।०६।०८ गते अं. २०:३० बजेको
समयमा मुद्दा नं. ८३ अभद्र व्यहार मुद्दाको फरार प्रतिवादी (मुलतवी मुद्दा) जिल्ला
धनुषा जनक नन्दनी गा.पा. वडा न. ६ कठाल बस्ने अं. वर्ष २५ को कामेश्वर यादवलाई निजको
घरबाट पक्राउ गरी ई.प्र.का. खजुरी धनुषामा राखिएको उक्त स्थानमा प्र.स.नि. को
कमाण्डमा टोलि खटि गएको ।
२.
धनुषा, मिति २०८०/०६/०८ गते अं. २३:३० बजेको
समयमा मुद्दा नं.५५ कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला धनुषा मिथिला बिहारी
न.पा.४ रमौल बस्ने रामनारायण यादवको छोरा अं.वर्ष २३ को अविनास कुमार यादवलाई
निजको घर अगाडी बाटोमा हिंडडुल गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई ई.प्र.का.
धनुषाधाममा ल्याई राखिएको उक्त स्थानमा ई.प्र.का. धनषाधामबाट प्र.ना.नि. को
कमाण्डमा ६ जनाको टोली खटी गएको ।
३. सिरहा, मिति २०८०।६।०८ गते अ.१८:०० बजेको समयमा जि.सिरहा बरियारपट्टी
गा.पा.-५ बस्ने असर्फी साह सुडीको छोरा अ.वर्ष ४५ को राम विलास साह (वैंकिङ कसुर
मुद्दा) को फरार प्रतिवादीलाई ई.प्र.का. सुखिपुर सिरहाबाट प्र.स.नि. को
कमाण्डमा खटिएको टोलीले जि.सिरहा सुखिपुर न.पा.-८ अस्पताल चौक स्थितबाट पक्राउ गरी
आवश्यक अनुसन्धानको लागी जि.प्र.का.सिरहा पठाईएको ।