अवैध सामान बरामद
२०८०-०६-०९
- A
- A-
- A+
सप्तरी, मिति २०८०।०६।०८ गते अं.१४:०० बजेको समयमा जिल्ला
सप्तरी शम्भुनाथ नगरपालिका वडा नं.६ कठौना बजार स्थित ई.प्र.का.कल्याणपुर सप्तरीबाट
प्र.स.नि. को कमाण्डमा खटिई गएको गस्ति टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा (पैदल
यात्री) जिल्ला सुनसरी ईनरुवा नगरपालिका वडा नं.४ बस्ने ताराबीर कामीको छोरा वर्ष ४७
को मान बहादुर कामीले झोलामा ल्याउँदै गरेको बिना बिल/रसिदको चाँदी जस्तो देखिने औंठी-१
के.जी., पायल-२६५ ग्राम, लकेट-८५४ ग्राम, चाँदी
जस्तो देखिने धातु बुनिया-११६ ग्राम गर-गहनाहरु अं.२ के.जी.२३५ ग्राम अं.मु. रु.२,७९,८२२/-
(दुई लाख उनान्असी हजार आठ सय बाईस रुपैयाँ बराबर) फेला पारी पक्राउ गरी आवश्यक अनुसन्धान तथा
कारबाहिको लागी ई.प्र.का.कल्याणपुर सप्तरीमा ल्याई राखिएको ।