भन्सार छलीका सामान नियन्त्रणमा
२०८०-०६-१६
- A
- A-
- A+
१.
सर्लाही, मिति २०८०।०६।१५ गते अ. १५:०० बजेको
समयमा जि.सर्लाही ब्रहमपुरी गा.पा.-४ कार्यालय अगाडी प्रहरी चौकी त्रिभुवननगर
सर्लाहीबाट प्र.ब.ह. ईश्वरचन्द्र यादवको कमाण्डमा २ जना, जि.प्र.का. सर्लाहीबाट
प्र.स.नि. मुना पासवानको कमाण्डमा खटिएको संयुक्त चेकिङ टोलीले चेकजाँच गर्ने
क्रममा त्रिभुवननगरबाट केशरगंज तर्फ जाँदै गरेको
ना ३ ख ७९६९ नं को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त बस भित्र भन्सार
छली लुकाई छिपाई ल्याएका ५५ वटा बोरामा अ.
२५ क्विन्टल चिनी अ. मुल्य रू. २,००,०००/- (दुई लाख) बराबरको फेला परेकोले
नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का. सर्लाही तर्फ पठाएको, बस आफ्नो गन्तब्य तर्फ गएको ।
२.
बारा, मिति २०८०।०६।१५ गते अं २१:२० बजेको
समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.७ कार्यालय अगाडी ई.प्र.का. जितपुरबाट प्र.ब.ना.नि.को
कमाण्डमा खटिएको चेकिङ टोलिले बिरगंजबाट पथलैया तर्फ जाँदै गरेको ना.७ ख ३५०८ न.को
बसलाई रोकी चेकजाँच गर्दा कुनै पनि बिल नभएको थानको कपडा ८ पिस, अं. मुल्य रू. ४५,६००/-
(पैंतालिस हजार छ सय) बराबरको फेला परेकोले नियन्त्रणमा लिई ई.प्र.का. जितपुर
बारामा राखेको, बस आफ्नो गन्तव्य तर्फ गएको ।
३.
रौतहट, मिति २०८०।०६।१५ गते अं. १८:२० बजेको
समयमा जिल्ला रौतहट ईशनाथ न.पा. ४ स्थित भारतबाट अवैध रुपमा भन्सार छली चोरी
पैठारी गरी किराना, लत्ताकपडा र ईलेक्ट्रोनिक लगायतका सामानहरु BR05F3439 नं.को मो.सा.मा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा जि.प्र.का.
रौतहटबाट र मातहत समेतबाट खटिएको प्रहरी गस्ती टोलीलाई देखी उक्त सामान र मो.सा.
छाडी मानिस फरार भएको, उक्त समानहरु र मो.सा. सहित नियन्त्रणमा लिई आवश्यक
कारवाहीको लागि मुल्य रु.५,२७,९२०/- (पाँच लाख सत्ताईस हजार नौ सय बिस मात्र) कायम
गरी गौर भन्सार कार्यालय रौतहटमा दाखिला गराएको ।