प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी नियन्त्रणमा

२०८०-०६-१६

  • A
  • A-
  • A+
Share

रौतहट, मिति २०८०/०६/१५ गते अं.०९:०० बजेको समयमा प्रहरी वृत्त दरवारमार्ग काठमाण्डौको च.नं.१११९ मिति २०८०/०५/२२ गतेको प्राप्त पत्रानुसार बैंकिङ्ग कसुर मुद्दाको फरार प्रतिवादी जि.रौतहट गढिमाइ न.पा.१ बस्ने अं. वर्ष ५२ को रामबाबु साहलाई नियन्त्रणमा लिइ प्र.स.नि. को कमाण्डमा २ जनाको टोलिले ना १ ज ७०४३ नं.को टाटा सुमोमा आवश्यक कारवाही तथा अनुसन्धानको लागि प्रहरी वृत्त दरबारमार्ग काठमाण्डौको लागि लिएर गएको ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-१०

१.      सर्लाही, हरिवन नगरपालिका-०१ तित्त्री चोकबाट लागू औषध गाँजा १० किलो ९४२ ग्राम सहित प्रदेश ३-०२-००२ प ४८८६ नं. को मोटरसाईकल शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । तित्त्रीचोक बाट हरिवन तर्फ आउदै गरेको मोटरसाईकलले सशस्त्र प्रहरी बल, सुरक्षा बेश हरिवनबाट खटिएको गस्ति टोलीलाई देख्ना साथ मोटरसाईकल सहित जेब्रा झोला छाडी फरार भएको र उक्त झोला चेकजाँच गर्दा लागू औषध गाँजा फेला पारी उक्त लागू औषध र मोटरसाईकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हरिवनमा बुझाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      धनुषा, जनकपुरधाम उपमहानगरपालिका-०४ शान्ति टोलबाट लागूऔषध गाँजा ३४८ किलो ६२२ ग्राम सहित ना ७ ख २२३७ नम्बरको टिप्पर गाडी शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त पदार्थ नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।