फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०६-१८
- A
- A-
- A+
१.
बारा, मिति २०८०।०६।१७ गते अ. १६:००
बजेको समयमा चौकी गंजभवानीपुर बाराबाट प्र.ना.नि. को कमाण्डमा र जि.प्र.का बाराबाट
क्राईमको संयुक्त टोलीले जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं. ०४ दहियार टोल
मुद्दा न. ०७६-c४-०२७१ जरिवाना
२,५०,०००/- को फरार प्रतिवादी राम एकवाल साह तेलीको छोरा अ. बर्ष ३५ को दिपेन्द्र साह तेलीलाई
निजकै घरबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय बारा तर्फ पठाईएको ।
२.
रौतहट, मिति २०८०।०६।१७ गते अं १४:२० बजेको
समयमा जिल्ला रौतहट गरुडा न.पा.७ पिपरिया स्थित ई.प्र.का.गरुडा रौतहटबाट प्र.ह.को कमाण्डमा
खटिएको गस्ति टोलीले ऐ.ऐ. बस्ने कर्तब्य ज्यान मुद्दाको फरार प्रतिवादी अं वर्ष ६८को
खेरु माहारालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
३.
रौतहट, मिति २०८०।०६।१७ गते अं १६:२० बजेको
समयमा जिल्ला रौतहट माधवनारायण न.पा. ६ माधोपुर स्थित प्रहरी चौकी माधोपुर रौतहटबाट
खटिएको प्र.स.नि.को कमाण्डमा खटिएको गस्ति टोलीले ऐ.ऐ. बस्ने बैंकिङ कसुर मुद्दाको
फरार प्रतिवादी संकर पण्डितको छोरा अं वर्ष ३२को जयप्रकाश पण्डितलाई नियन्त्रणमा
लिई ई.प्र.का.गरुडा पठाइएको ।
४.
सिरहा,
मिति २०८०।०६।१७ गते अं. ०७:५०० बजेको समयमा जिल्ला सिरहा नरहा गा.पा.५ नरहा
टोल स्थित ईलाका प्रहरी कार्यालय नरहाबाट
प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले सम्मानित सिरहा जिल्ला अदालतको मिति
२०८०।०६।०७ गते ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ अनुमति प्रदान भएको प्रतिवादी
ऐ.ऐ. बस्ने खटर महतो/जानकी देवी महतो छोरा
अं. वर्ष ५३ को उदयनारायण महतोलाई निज कै गाउँ घरबाट पक्राउ गरी आवश्यक कार्वाही
लागि जि.प्र.का.सिरहा बुझाईएको ।