प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी नियन्त्रण

२०८०-०६-२३

  • A
  • A-
  • A+
Share


१.      सप्तरी, मिति २०८०।०६।२२ गते अं. १६:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थान बाट १० जना फरार प्रतिवादीहरुलाई नियन्त्रणमा लिई समानित जिल्ला अदालत राजबिराज सप्तरीमा बुझाईएको ।

 

२.     बारा, मिति २०८०।०६।२२ गते अ.१८:४५ बजेको समयमा जिल्ला बारा प्रसौनी गा.पा.-३ गण्डक स्थितमा  जि.प्र.का.बारा बाट प्र.स.नि.को कमाण्डमा  खटिएको मोबाईल गस्ती टोलीले  जिल्ला पर्सा बहुदरमाई न.पा.-४ बस्ने अ.बर्ष ५० को बिजय कुमार रौनियारलाई क्रिते मुद्वाको (जरिवाना रू.१४,०००० (चौध लाख) ,मुद्वा न.-०७२-CR-२१११, कैद १ बर्ष  )फरार प्रतिवादीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई राखिएको

 

३.      सिरहा, मिति २०८०।०६।२२ गते ११:५५ बजेको समयमा जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं.६ मटियर्वा  स्थितमा ई.प्र.का.मिर्चैया बाट प्रं.स.नि.को कमाण्डमा खटिएको टोलीले जिल्ला प्रशासन कार्यालय सिरहाबाट मिति २०८०।०६।२१ गते पक्राउ पुर्जी जारी भएको अभद्र ब्यवहार मुद्धाको अनुसन्धानको क्रममा वारदात पश्चात फरार रहेको प्रतिवादी ऐ.ऐ.बस्ने सुर्य नाथ साहको छोरा बर्ष ३३ को सुरेश साह र ऐ.ऐ.बस्ने निजकै भाई बर्ष २५ को राकेश साह समेतलाई  निजकै गाउघर बाट फेला पारी पक्राउ गरी नियन्त्रणमा लिई, आवश्यक कर्वाहीको लागि ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहामा ल्याई राखिएको ।

४.      सिरहा, मिति २०८०।०६।२२ गते अं.१७:४० बजे प्रहरी चौकी औरहीबाट प्र.ना.नि. को कमाण्डमा टोली खटी गई जिल्ला सिरहा औरही गा.पा.३ बस्ने राम चन्द्र यादवको छोरा अं.वर्ष २५ को मुद्धा नं.०२७३,लगत नं.५८३५ ,कैद ०-१-० जरिवाना रु.४,०००।- सवारी ज्यान मुद्धाको फरार प्रतिवादी  महेश कुमार यादवलाई गाउघरबाट पक्राउ गरी आवश्यक कार्वाहिको लागि जिल्ला प्रहरी कार्याय सिरहामा पठाएको  ।

सम्बन्धित समाचार
सामान सहित ट्रक नियन्त्रणमा लिएको
२०८१-०९-२९

बारा, जितपुरसिमरा उ.म.न.पा.वडा नं.२१ स्थित चेकपोईन्ट अगाडी बिलबिजक भन्दा बढी सामान तथा राज्श्व छलीको आशंकामा अं. मुल्य.रु.७१,७४,५९१।–(एकहत्तर लाख चौहत्तर हजार पाँच सय एकानब्बे ) रुपैया बराबरको Ppwovenbag,Medicine, Kictchen Oven (भाडा कुडा) र Vaccinis लगाएतका सामानहरु सहित प्रहरीले नियन्त्रणमा लाइएको छ । इ.प्र.का. अमलेखगंजबाट  खटिएको चेकिङ टोलिले बिरगंजबाट रुपन्देही तर्फ जादै गरेको प्र २-०३-००१ ख २८८८ नं. को ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ट्रक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहिको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ । 

हातहतियार सहित मानिस नियन्त्रणमा
२०८१-०९-२९

सर्लाही, ब्रहम्पुरी गाउँपालिका- ३ भेल्ही चोक स्थितबाट कटुवा पेस्तोल-१ थान, 8 mm को जंगी राउण्ड गोली-२ थान सहित मोटरसाईकल चालक देश भारत सितामढी रजवारा मुसहरनीया बस्ने राम पुकार साहको छोरा अं. वर्ष २४ को प्रवचन साह र सोही मोटरसाईकल पछाडी सवार जिल्ला सर्लाही ब्रहमपुरी गाउँपालिका-४ बस्ने संजय पासवानको छोरा अं. वर्ष १८ को विक्रम पासवानलाई आईतवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा देश भारत जिल्ला सितामढी ग्राम बसतपुर वडा नं.७ बस्ने रंजन दासको छोरा अं. वर्ष १५ को लभ कुमार दासलाई लेनदेनको विषयलाई लिएर जिल्ला सर्लाही ब्रहमपुरी गाउँपालिका-४ बस्ने अं. वर्ष ६८ को रामजी साहको घरमा बाँधी राखेको छ भन्ने विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद स्थानमा चेकजाँच गर्ने क्रममा BR 06 BT 2850 नं. को मोटरसाईकलमा कटुवा पेस्तोल सहित २ जना मानिसहरुलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागू औषध चरेस जस्तो देखिने वस्तु नियन्त्रण
२०८१-०९-२९

पर्सा, बिरगंज महानगरपालिका वडा नं.१६ गणेश टोल स्थितबाट प्रतिबन्धित लागु औषध चरेस जस्तो देखिने वस्तु १९ किलो ५०० ग्राम आईतवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गणेशटोलबाट खटिएको प्रहरी गस्ती टोलीलाई देखी १ जना पुरुष मानिस  १ वटा बोराको पोका सडकमा फाली  भागी गएकोमा  प्रहरी टोलीले उक्त  बोरा खोली हेर्दा अबैध लागु औषध चरेस जस्तो देखिने वस्तु १३ वटा प्लाष्टिकको पोकालाई टेपले बेरिएको अबस्थामा फेला परेकोमा उक्त अवैध लागु औषध चरेस जस्तो देखिने वस्तुलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ । 

प्रतिबन्धित लागु औषध नाइट्राभेट ट्याब्लेट सहित मानिस नियन्त्रणमा
२०८१-०९-२८

सिरहा, लहान नगरपालिका-१ पानीटंकी स्थितबाट प्रतिबन्धित लागु औषध DIAZEPAM-30 एम्पुल, PHENERGAN-30 एम्पुल, BUPRENORPHINE-30 र COUGH LINCTUS-14 बोतल सहित लहान नगरपालिका-१ बस्ने जगदिस ठाकुरको छोरा अं. बर्ष ४५ को दयाराम ठाकुरलाई आईतवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी लहान, ईलाका प्रहरी कार्यालय लहान र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले लहान नगरपालिका-१ बस्ने दयाराम ठाकुरको घर खानतलासी गर्दा  घरमा लुकाई छिपाई राखिएको अवस्थामा प्रतिबन्धित लागु औषध सहित मानिसलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।