लागु औषध सहित २ जना मानिस पक्राउ
२०८०-०६-२६
- A
- A-
- A+
पर्सा, मिति
२०८०/०६/२५ गते अं.१७:३० बजेको समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.१६
रजत जयन्ती चौक स्थित सडकमा प्रहरी चौकी ईनर्वा पर्सा तथा लागु औषध नियन्त्रण ब्यूरो
शाखा पर्सा बाट खटिएको संयूक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा भारतको रक्सौल बाट बिरगंज तर्फ दुई जना पुरुष मानिस
पैदल आई रहेको अवस्थामा शंका लागी रोकी चेक जाँच गर्ने क्रममा जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.११
बस्ने केशव कप्रौलाको छोरा वर्ष २७ को अनुप कप्रौला र ऐ.ऐ.बस्ने राजेन्द्र गुरुङको
छोरा वर्ष २५ को समिर गुरुङ दुबैको साथ बाट लागू औषध NITRAVET-10 लेखिएको ५-५ पत्तामा १५ पिसका दरले जम्मा १५०(एक सय पच्चास) पिस
ट्याव्लेट, फेला परेकोमा उक्त लागु औषध सहित निज दुवै लाई पक्राउगरी आवश्यक कारवाहीको
लागी वडा प्रहरी कार्यालय पर्सामा पठाइएको ।