अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको
२०८०-०७-२२
- A
- A-
- A+
१. रौतहट,
मिति २०८०।०७।२१ गते अं. १०:३० बजेको समयमा जि.प्र.का. रौतहटबाट खटिएको प्रहरी
गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला रौतहट गौर न.पा. वडा नं. ५ स्थित
भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी घरमा प्रयोग हुने रंग (paint) BR30E5784 नं.को मो.सा. र BR30S4659 नं. को मो.सा.मा लोड गरी नेपाल तर्फ ल्याउँदै
गरेको अवस्थामा प्रहरी टोलीलाई देखि सामान सहित मो.सा. फाली भागी फरार भएकोले सो
स्थानमा प्रहरी टोली गई वेवारिसे अवस्थामा रहेको मो.सा. २ थान र रंग अं. मुल्य
रु.२,२१,४८०/- (दुई लाख एक्काईस हजार
चार सय असी) बराबरको सामान स्थानिय मानिसहरुको रोहवरमा बरामद गरी आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा दाखिला गराएको ।