लागु औषध सहित मानिसहरु नियन्त्रणमा
२०८०-०७-२३
- A
- A-
- A+
१. पर्सा, मिति २०८०।०७।२२ गते अं. २१:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १६ बसपर्क स्थितमा प्रहरी चौकी बसपार्क पर्साबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले गस्ती गर्दे जाने क्रममा जिल्ला पर्सा बिरगंज म.न.पा.३ प्रगतिनगर बस्ने मो.मुन्ताजको छोरा अं. वर्ष २२ को करीम खाँ र जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा.६ घरभई बिरगंज म.न.पा.३ डेरा गरी बस्ने बिके बि.क.को छोरा बर्ष १८ को दिनेश बि.क. हिंडिरहेको अवस्थमा शंका लागी रोकी चेकजाचँ गर्दा निजहरुको साथबाट ला.औ. Diazepam-११ पिस, Noophin ११ पिस र Promethazine Hydro Chloride -१० गरि जम्मा ३२ पिस फेला पारि ला.औ. सहित निजहरुलाई आवश्यक कारवाहीको लागी व.प्र.का. श्रीपुर तर्फ पठाईएको ।
२. बारा, मिति २०८०।०७।२२ गते अं.१९:४० बजेको समयमा जिल्ला बारा कलैया उ.म.न.पा. १० मटिअर्वा स्थित नहर चौकमा प्रहरी चौकी मटिअर्वा बाराबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा कलैयाबाट मटिअर्वा तर्फ आउँदै गरेको प्र-२-०३-००१ ह ९१० नं.को अटो चालक जिल्ला बारा कलैया ह.म.न.पा.१२ बस्ने रसुल मिया अंसारीको छोरा अं. वर्ष २८ को ताहीर अंसारी, अटोमा सवार देश भारत बिहार पुर्वी चम्पारण जिल्ला मोतिहारी, आधापुर वडा नं. ४ बस्ने रादिन मियाको छोरा अं. वर्ष २१ को इस्राफी हवारी र अटोमा सवार ऐ.ऐ. बस्ने जितु मियाको छोरा अं. वर्ष ३५ को जफीर मियालाई रोकी चेकजाँच गर्ने क्रममा लागु औषध गाँजाको २ (दुई) वटा पोका अं. १५ के.जि. बरामद गरी, अटो, अटो चालक र अटोमा सवार दुई जना यात्री समेतलाई नियन्त्रणमा लिई प्रहरी चौकी मटिअर्वामा ल्याई राखिएको ।