लागुऔषध सहित मानिस पक्राउ
२०८०-०८-०७
- A
- A-
- A+
सिरहा, मिति २०८०।०८।०६ गते
अं. १६:३० बजे जिल्ला सिरहा नरहा गा.पा. ३ स्थित नयाँ चोहर्वा स्थितमा पानी तान्ने
बोरिङ्गको मोटर चोरी मुद्दामा सम्मानित सिरहा जिल्ला अदालतबाट मिति २०८०/०८/०१ गते
पक्राउ अनुमती पत्र प्राप्त भई वारदात पश्चात फरार रहेको प्रतिवादी जिल्ला सिरहा
गोलबजार न.पा. ९ डण्डाटोल बस्ने बद्रि यादवको छोरा अ.वर्ष ३० को श्रीदेव यादवलाई ईलाका
प्रहरी कार्यालय गोलबजारबाट प्र.ह. को कमाण्डमा खटिएको २ जनाको टोलीले खो.त.गर्दै
जाँदा निजलाई ऐ.नरहा गा.पा. ३ स्थितमा फेला पारी नियन्त्रणमा लिइ निजको शरिरको खान
तलासी गर्दा निजले लगाएको पाइन्टको दाहिने खल्टिबाट कालो प्लाष्टिकमा बेरी राखेको
खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला पारी निजलाई नियन्त्रणमा लिई ई.प्र.का.गोलबजारमा
ल्याई निजबाट बरामद भएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित
९७० मिलिग्राम र प्लाष्टिक बाहेक ९०० मिलि ग्राम रहेकोले निज उपर ईलाका प्रहरी
कार्यालयबाट थप अनुसन्धान कार्य भइरहेको ।