श्रोत नखुलेको भारतीय रकम सहित मानिस नियन्त्रणमा
२०८०-०८-०८
- A
- A-
- A+
१.
महोत्तरी, मिति २०८०।०८।०७ गते अं. १८:३० बजेको समयमा जिल्ला महोत्तरी जलेश्वर न.पा.
५ स्थितमा जिल्ला प्रहरी कार्यालय
महोत्तरीबाट प्र.ना.नि.को कमाण्डमा
खटिएको चेकिङ्ग टोलिले BR32Z4055 नं.को मो.सा.लाई चेकजाँच गर्ने
क्रममा मो.सा. चालक जिल्ला महोत्तरी
मटिहानी न.पा. ९ बस्ने बर्ष अं. ३२ को रामआधार
दासले बोकेको ब्याग भित्र श्रोत नखुलेको
भारतीय रू.५००/- को नोट थान ३०० वटा नगद
भारतीय रू. १,५०,०००/- , मो.सा. चालक मो.सा. सहित नियन्त्रणमा लिई जि.प्र.का.
महोत्तरीमा ल्याई राखिएको ।