लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०८-०८
- A
- A-
- A+
१.
धनुषा, मिति २०८०/०८/०७ गते अं. ११:४५
बजेको समयमा जिल्ला धनुषा नगराईन न.पा.२ जटही चेक पोष्ट
अगाडी ई.प्र.का. लग्मा जट्हीबाट प्र.स.ह.को कमाण्डमा खटिएको चेकिङ्ग टोलीले
भारतबाट नेपाल तर्फ आउँदै गरेको जिल्ला धनुषा धनुषाधाम न.पा.९ बस्ने ज्ञान बहादुर
सोराङ्गी मगरको छोरा अं. वर्ष ३० को शंकर सोराङ्गी मगरको शरिर तलाशी गर्दा निजको
साथबाट NITROVET-10
(५४० पिस) फेला पारी ला.औ. सहित निज शंकर सोराङ्गी मगरलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का.धनुषामा पठाईएको ।
२.
सिरहा, मिति २०८०/०८/०७ गते अं. १२:३०
बजे जिल्ला सिरहा कर्जन्हा न.पा.३ बन्दिपुर चौक स्थित ई.प्र.का. बन्दिपुर सिरहाबाट
प्र.स.नि.को कमाण्डमा र लागु औषध ब्युरो जनकपुरबाट प्र.स.नि. को कमाण्डमा खटिएको
संयुक्त टोलीले गोप्य सुचनाको आधारमा जिल्ला सिरहा कर्जन्हा न.पा.२ बस्ने चन्द्रिप
महतोको छोरा अं. बर्ष ३० को बिश्व मिंत्र महतोलाई संका लागि चेक-जाँच गर्दा निजको
साथबाट ला.औ. खैरो हिरोईन जस्तो देखिने पदार्थ अं. १२.७० ग्राम, ने. रु.१२,६५०/- (बाह्र
हजार छ सय पचास) र २ थान ऐन्ड्रोईड मोबाईल सहित फेला पारी ला.औ. सहित निजलाई
नियन्त्रणमा लिई ई.प्र.का.बन्दिपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।