लागू औषध सहित मानिस नियन्त्रणमा
२०८०-०९-१२
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०/०९/११ गते अं.१८:०० बजेको
समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.१६ रजत जयन्ती चौक स्थित प्रहरी
चौकी ईनर्वा पर्साबाट खटिएको चेकिङ टोलीले
चेक जाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट बिरगंज तर्फ आउदै गरेको ना ६५
प ४४३३ नं. को मो.सा. लाई चेक जाँच गर्दा
मो.सा. चालक जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं.२१ बस्ने मेख बहादुर तमाङको छोरा
वर्ष २२ को निराज तामाङले लगाएको हेलमेट भित्र लुकाई छिपाई राखेको लागू औषध NITRAVET -10 लेखिएको ४१ पिस ट्याब्लेट र पछाडी सवार ऐ. भरतपुर म.न.पा.वडा नं.१५ बस्ने
जिवनलाल श्रेष्ठको छोरा वर्ष २२ को सन्दिप श्रेष्ठले लगाएको जिन्स पाईन्टको
पछाडीको खल्तीमा रहेको पर्सभित्र लुकाई छिपाई गरी राखेको ला.औ NITRAVET -10 लेखिएको ३ पिस गरि जम्मा ४४ पिस NITRAVET- 10
फेला पारि ला.औ. सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का.विर्ता
पर्सामा पठाईएको ।
२.
धनुषा, मिति २०८०।०९।११ गते अं.१७:२०
बजेको समयमा जिल्ला धनुषा क्षिरेश्वरनाथ न.पा.४ हरैया चन्द्रपुर स्थित भित्री
बाटोमा हरैया बाट चन्द्रपुर तर्फ जादै गरेको प्र२-०२-००५ प २२०३ नं.को मो.सा.लाई
शंका लागी पच्छ्याउँदै जाँदा उक्त मो.सा.मा लिएर जादै गरेको अं.५ के.जि.
ला.औ.गाँजा सहित मो.सा र मो.सा.चालक ऐ.ऐ.बस्ने रामचन्द्र सहनीको छोरा अं.बर्ष २१
को ललन सहनी र सोही मो.सा.पछाडी सवार ऐ.ऐ.बस्ने सोभा यादवको छोरा अं.बर्ष २१ को
राम पुजन यादवलाई नियन्त्रणमा लिई ई.प्र.का.महेन्द्रनगर धनुषामा ल्याई थप
अनुसन्धान कार्य भई रहेको ।
३.
सिरहा, मिति २०८०।९।११ गते अं.१४:३०
बजेको समयमा जिल्ला सिरहा मिर्चैया न.पा.५ बस पार्क स्थितमा ईलाका प्रहरी कार्यालय
मिर्चैया सिरहाबाट प्र.ह.को कमाण्डमा
खटिएको गस्ति टोलीले शंका लागि चेक-जाँच गर्दा देश भारत मधुवनि जि. ग्राम पंचायत
पिपराही लदनिया बस्ने नासिम हैदरको छोरा अं.बर्ष २४ को साहिद अहमदले राजनिवासलको
झोला भित्र लुकाई छिपाई ल्याएको DIAZEPAL
INJECTION I.P 2ML लेखिएको एम्पुल थान- ६,
ABBOTT ( PHENERGAN )2ML लेखिएको एम्पुल थान-६, BUPRENORPHINE INJECTION लेखिएको एम्पुल थान -६ र Nitravete-10 लेखिएको ट्याबलेट थान -८६ लागु औषध सहित निजलाई नियन्त्रणमा लिई ईलाका
प्रहरी कार्यालय मिर्चैया सिरहामा ल्याई थप अनुसन्धान कार्य भई रहेको ।