फरार प्रतिवादी नियन्त्रणमा
२०८०-१०-११
- A
- A-
- A+
१.
बारा, मिति२०८०।१०।१० गते १०:३०
बजेको समयमा लेनदेन मुद्दामा रु.१०,०००/- जरिवाना भएको फरार प्रतिवादी जिल्ला बारा
देवताल गा.पा. ६ रोहयाही बस्ने अं. बर्ष ६५-७० को बुटाई पंडितलाई प्र.चौ. देवतालबाट
खटिएको प्र.स.नि.को टोलीले नियन्त्रणमा लिई जि.प्र.का. बारामा पठाईएको ।
२. धनुषा,
मिति २०८०/१०/१० गते १७:४० बजेको समयमा सवारी ज्यान मुद्दाको फरार प्रतिवादी सबैला
न.पा.०७ चौरीमटहि बस्ने वर्ष २२ को राम आगर मण्डललाई ई.प्र.का. सबैलाबाट खटिएको प्र.स.नि.
को टोलीले नियन्त्रणमा लिई ई.प्र.का. सबैलामा ल्याई राखिएको ।
३. सप्तरी,
मिति २०८०।१०।१० गते अं. १५:०० बजेको समयमा जालसाजी मुद्दाको रू. १०/- जरिवाना भएको
फरार प्रतिवादी जि. सप्तरी बिष्णुपुर गा.पा. ७ बस्ने नारायण मण्डललाई ई.प्र.का. बिष्णुपुरबाट
खटिएको प्र.ना.नि. को टोलीले निजकै वतनबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत
राजबिराज सप्तरीमा बुझाएको ।
४.
सप्तरी, मिति २०८०।१०।१० गते
अं. १६:०० बजेको समयमा कुटपिट मुद्दामा जनही रू. ३००/- जरिवाना भएको फरार
प्रतिवादीहरु रुपनी गा.पा. ५ बस्ने हरेराम चौधरी, मनोज चौधरी र अशोक चौधरीलाई ई.प्र.का.
रुपनीबाट खटिएको प्र.ना.नि. को टोलीले निजकै वतनबाट पक्राउ गरी सम्मानित जिल्ला
अदालत राजबिराज सप्तरीमा बुझाईएको ।