बिलबिजक भन्दा बढी सामान सहित ट्रक नियन्त्रणमा
२०८०-१२-०७
- A
- A-
- A+
१. पर्सा, मिति २०८०।१२।०६ गते विशेष सूचनाको आधारमा जि.प्र.का. पर्साबाट खटिएको प्रहरी टोलीले निम्न स्थानहरूबाट निम्न नम्बरका मालवाहक ट्रकहरूलाई नियन्त्रणमा लिइ चेक जाँच गर्दा साथमा रहेको बिलबिजक बिलबिजक शंकाष्पद देखिएको तथा बिलबिजक भन्दा बढीका मालबस्तुहरू लोड रहेको अ.मू. रु.१,६३,३९,८२९/- (एक करोड त्रिसट्ठी लाख उनन्चालीस हजार आठ सय उनन्तीस ) बराबरका खाद्यान्न, औषधी, विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयर पार्टसहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मिति २०८०।१२।०७ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।
निम्न:
१. मिति
२०८०।१२।०६ गते अं.२३:३० बजेको समयमा जिल्ला पर्सा
वीरगञ्ज म.न.पा. १२ मुर्ली चोक स्थित सडकखण्डबाट ना.४ ख ८७४०, ना.३ ख ६०९५ नम्बरको
मालवाहक ट्रकहरूमा खाद्यान्न तथा खुद्रा सामानहरू लोड गरी बिरगञ्जबाट काठमाण्डौ र
मोरङतर्फ जाँदै गरेको अवस्थामा अ.मू. रू.१,३१,७१,३०९/-
२. ऐ.०७
गते राती ०१:१४ बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज
म.न.पा.वडा नं.१४ गण्डक चोक स्थित सडकखण्डबाट ना.८ ख ७२४१ नम्बरको मालवाहक ट्रकमा
औषधी लगायतका मालबस्तुहरू लोड गरी वीरगञ्जबाट धनुषा तर्फ जादै ट्रकमा
अ.मू.रू.३१,६८,५२०।-