बीस लाख रकमसहित हुण्डी कारोबार गर्ने एक जना मानिस पक्राउ
२०७८-०७-२३
- A
- A-
- A+
पर्सा, २०७८ कार्तिक २३ गते । सूचना परिचलान तथा प्रहरी कारवाहीको सिलसिलामा मिति २०७८।०७।२२ गते १३:३० बजे जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज म.न.पा. वडा नं. ८ घण्टाघर स्थित सडकखण्डमा घण्टाघरबाट आदर्शनगर जाँदै गरेको ना.४८ प. ७६९१ नम्बरको मोटरसाइकललाई शंका लागी रोकी जाँच गर्दा मो.सा.मा सवार जिल्ला बारा बिश्रामपुर गा.पा. वडा नं. ५ नकटुवा बस्ने वर्ष ३१ को चन्दन कुमार साहले बोकेको ब्यागमा श्रोत नखुलेको नेपाली रू.२०,००,०००।– (बीस लाख) फेला परेको हुँदा उक्त रकम बरामद गरी उल्लेखित मो.सा. सहित निजलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्धको कसूरमा अनुसन्धान भईरहेको ।
पक्राउ विवरण
अभियुक्त:-चन्दन कुमार साह
उमेरः-३१ बर्ष
ठेगाना:-जि.बारा बिश्रामपुर गा.पा.वडा नं.५ नकटुवा
पक्राउ मिति:- २०७८।०७।२२ गते ।
मुद्दा:-बैंक तथा वित्तिय ऐन सम्बन्धी कसुर