मोटरसाइकल चोरी गर्दागर्दै २ व्यक्तिहरू पक्राउ
२०७८-०७-२६
- A
- A-
- A+
पर्सा,२०७८ कत्तिक २६ गते । जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको ना. २९ प. ६७९० नम्बरको 180 CC को कालो र रातो रंगको पल्सर मोटरसाइकल मिति २०७८।०७।२३ गते अं.२०:३० बजे समयमा जि.पर्सा वीरगञ्ज म.न.पा. वडा नं. १५ भिष्वा बस्ने वर्ष २२ को सुरज सहनी र ऐ. बस्ने वर्ष १९ को सुजित सहनीले मो.सा.को लक तोडी चोरी गरी भाग्दै गरेको अवस्थामा सोही अस्पतालका गार्डले देखी जिल्ला प्रहरी कार्यालय पर्सामा जानकारी गराउनासाथ तत्काल वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले उक्त मो.सा. सहित निजहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको ।