फरार प्रतिवादी पक्राउ
२०८१-०२-०६
- A
- A-
- A+
१.
रौतहट, मिति २०८१/०२/०६ गते
अं. १२:४५ बजेको समयमा लागु औषध गाँजा मुद्दामा १ वर्ष कैद र रु.१०,०००/- जरिवाना भएको (२ महिना १७ दिन कैद बसिसकेको र
नगद रु. १०,०००/- जरिवना बुझाईसकेको र ९ महिना १८ दिन कैद
भुक्तान गर्न बाँकी रहेको) फरार प्रतिवादी
जिल्ला रौतहट कटहरिया न.पा. १ भसेडवा बस्ने जोगिन्द्र दासको छोरा वर्ष १९ को आकाश
भन्ने बिकाश दासलाई अस्थाई प्रहरी पोष्ट छेदीचोकबाट खटिएको प्रहरी टोलिले कटहरिया
न.पा.१ भसेडवा गाँउमा घुमफिर गरिरहेको अवस्थामा नियन्त्रणमा लिइ इ.प्र.का. गरुडामा
ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
२. बारा,
मिति २०८१/०२/०६ गते अं. १४:०० बजेको समयमा किर्ते मुद्दामा रु. ४०,००० (चालिस हजार) जरिवाना भएको फरार प्रतिवादी जिल्ला बारा कलैया उ.म.न.पा
४ बस्ने धनिलाल प्रसाद साहको श्रीमती अं बर्ष ५७ की मिना देवी साहलाइ अस्थाई
प्रहरी पोष्ट बसपार्क धनुषाबाट खटिएको प्रहरी टोलीले आफ्नै गाँउ घरमा लुकी छिपि बसिरहेको
अवस्थामा नियन्त्रणमा लिइ जि.प्र.का बारामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
३.
धनुषा, मिति २०८१/०२/०५ गते
अं. २२:१५ बजेको समयमा ज्यान मार्ने उद्योग सम्बन्धि चालु मुद्दाका फरार प्रतिवादी
जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका ८ पगलाबाबा धर्मशाला बस्ने महेन्द्र
भण्डारीको छोरा अं. वर्ष ३४ को दिपेन्द्र भण्डारीलाई प्रहरी चौकी जनकपुरधामबाट खटिएको
प्रहरी गस्ती टोलिले ऐ.ऐ. स्थितबाट नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा ल्याई थप
अनुसन्धान कार्य भईरहेको ।