बिलबिजक भन्दा बढी सामान सहित ट्रक नियन्त्रणमा
२०८१-०२-१८
- A
- A-
- A+
१. पर्सा, मिति २०८१।०२।१८ गते अं.०४:१० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. २१ परवानीपुर स्थितमा प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा
बिरगंजबाट जनकपुर तर्फ जाँदै गरेको प्रदेश-०२-०३-००१ ख ६५५७ नम्बरको ट्रकमा बिलबिजक
भन्दा बढी (MEDICINE) मेडिसिन औषधी अं. १,८५,९८,३८३/- (एक करोड पचासी लाख
अन्ठानब्बे हजार तिन सय त्रियासी
रुपैयाँ) बराबरको औषधी रहेकोले आवश्यक अनुसन्धानको
लागी ट्रक नियन्त्रणमा लिई प्रहरी
चौकी परवानीपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।