श्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८१-०२-२०
- A
- A-
- A+
१.
पर्सा, स्रोत नखुलेको नगद
ने. रु. ४,८२,०००/- (चार लाख बयासी हजार रुपैयाँ) र भा.रु. १,७२,५००/- सहित जिल्ला
धादिङ धुनीवेशी न.पा. १ बस्ने बर्ष ३२ को
राजन तामाङ, जिल्ला मोरङ हाल ललितपुर म.न.पा. १५ बस्ने बर्ष ४० को प्रेम बहादुर कोइराला, जिल्ला ललितपुर म.न.पा.
३ बस्ने बर्ष ४३ को रोशन लामा, जिल्ला मकवानपुर पालुङ्ग गा.पा. ५ बस्ने बर्ष ३२ को
राजु मुक्तान, जिल्ला सिन्धुली हरिहरपुर गढी गा.पा. ५ बस्ने बर्ष ४१ को गोपिलाल
योन्जन र जिल्ला ललितपुर गोदाबरी न.पा. ७ बस्ने बर्ष ४६ को आशिष लामालाई शनिवार
राती प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी
टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको बा २० च ४८४१ नं. को गाडीलाई चेकजाँच गर्ने
क्रममा जिल्ला पर्सा बिरगंज म.न.पा. १६ रजतजयन्ती चोक स्थितबाट निजहरुलाई उक्त रकम
सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।