फरार प्रतिवादी नियन्त्रणमा
२०८१-०२-२३
- A
- A-
- A+
१.
रौतहट, बैंकिङ कसुर मुद्दामा
२० दिन कैद र रु. ७,३०,०००/- (सात लाख तीस हजार रुपैयाँ) जरिवाना तिर्न बाँकी
रहेको फरार प्रतिबादी जिल्ला रौतहट गुजरा
नगरपालिका ९ सिमराभवानिपुर बस्ने वर्ष ५२ को लक्ष्मी चौधरीलाई बुधवार बिहान
प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटबाट खटिएको
प्रहरी टोलीले निजलाई जिल्ला रौतहट गुजरा न.पा. ८ पिपरा टोलबाट नियन्त्रणमा लिएको
हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।