फरार प्रतिवादी पक्राउ
२०८१-०२-२५
- A
- A-
- A+
१. बारा,
फौजदारी मुद्दामा ३ महिना कैद र रु. १०,०००/- (दश हजार रुपैयाँ) जरिवाना भएको फरार
प्रतिवादी जिल्ला बारा आदर्शकोतवाल गाउँपालिका १ चिउटाहा बस्ने बर्ष ५६ को मोसाफिर
महतो कोईरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा
र इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शबाट खटिएको संयुक्त प्रहरी टोलले निजलाई
आदर्शकोतवाल गाउँपालिका १ चिउटाहा बजारबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले
थप अनुसन्धान गरिरहेको छ ।
२. सिरहा,
नागिकता किर्ते मुद्दामा ४ वर्ष कैद र रु. ८०००/- जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला
सिरहा लक्ष्मिपुरपतार गाउँपालिका ३ बस्ने वर्ष ६० को खटुवा चमारलाई बिहीबार दिउँसो
प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरी टोलीले
निजलाई गाउँ घर वतनबाटै पक्राउ गरी आवश्यक कार्वाहीको लागी सम्मानित जिल्ला अदालत सिरहामा बुझाएको छ ।