फरार प्रतिवादी पक्राउ
२०८१-०२-२८
- A
- A-
- A+
१. सिरहा,
जबरजस्ती करणी मुद्दामा
सम्मानित सिरहा जिल्ला अदालतबाट मिति २०५९।०२।०७ गतेको फैसलाले ४
महिना कैद तोकिएको फरार प्रतिवादी जिल्ला सिरहा नवराजपुर
गाउँपालिका ३ फुलबरिया बस्ने वर्ष ८० को खटर यादवलाई सोमबार बिहान
प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झाझपट्टी, सिरहाबाट खटिएको
प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजकै घर वतनबाट पक्राउ गरेको हो । यस
सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।