प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०३-०६

  • A
  • A-
  • A+
Share


१.      धनुषा, जिल्ला धनुषा धनुषाधाम नगरपालिका ८ स्थित कुम्हरा पोखरी नजिकबाट लागू औषध NITRAZEPAM TABLET दुई पत्तामा २९ पिस सहित जिल्ला धनुषा धनुषाधाम नगरपालिका ५ बस्ने बर्ष २० को पंचलाल सदालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय यज्ञभूमि धनुषाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ज. ९ प. ६८७३ नम्बरको मो.सा.मा सवार निजलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

२.     सिरहा, जिल्ला सिरहा मिर्चैया नगरपालिका ६ मटिअर्वा स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १० मि.ली. ग्राम सहित जिल्ला सिरहा मिर्चैया न.पा. ९ सुन्दरपुर बस्ने बर्ष २५ को सुन्दर कुमार महतोलाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैया, सिरहाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा कमलदहबाट मटिअर्वा तर्फ आउँदै गरेको मधेश प्रदेश-०२-००७ प ८८७८ नं.को मोटरसाईकलमा सवार निजलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

३.     सिरहा, जिल्ला सिरहा भगवानपुर गाउँपालिका ४ ठाडि बसपार्क स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरौ रंगको पदार्थ ५० ग्राम सहित जिल्ला सिरहा लहान न.पा. ८ बस्ने बर्ष १८ को मनिस कुमार चौधरीलाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडि, सिरहाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा निजलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-१०

१.      सर्लाही, हरिवन नगरपालिका-०१ तित्त्री चोकबाट लागू औषध गाँजा १० किलो ९४२ ग्राम सहित प्रदेश ३-०२-००२ प ४८८६ नं. को मोटरसाईकल शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । तित्त्रीचोक बाट हरिवन तर्फ आउदै गरेको मोटरसाईकलले सशस्त्र प्रहरी बल, सुरक्षा बेश हरिवनबाट खटिएको गस्ति टोलीलाई देख्ना साथ मोटरसाईकल सहित जेब्रा झोला छाडी फरार भएको र उक्त झोला चेकजाँच गर्दा लागू औषध गाँजा फेला पारी उक्त लागू औषध र मोटरसाईकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हरिवनमा बुझाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      धनुषा, जनकपुरधाम उपमहानगरपालिका-०४ शान्ति टोलबाट लागूऔषध गाँजा ३४८ किलो ६२२ ग्राम सहित ना ७ ख २२३७ नम्बरको टिप्पर गाडी शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त पदार्थ नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।