अबैध लागू औषध (ब्राउन सुगर) सहित २ जना मानिसहरु नियन्त्रणमा
२०७८-०८-०५
- A
- A-
- A+
सिरहा, २०७८ मंसिर ०५ गते । जिल्ला सिरहा नरहा गाउँपालिका वडा नं. ३ स्थित डण्डाटोल जाने बाटोमा मिति २०७८।०८।०४ गते अं.२०:०० बजेको समयमा ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला सिरहा नरहा गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २१ को ईन्दल कुमार यादव तथा ऐ.बस्ने बर्ष २० को कपिल महरा समेतको साथबाट अबैध लागू औषध ब्राउन सुगर ४ ग्राम ५५० मिलि ग्राम, नाईट्रोभेट टेन लेखिएको २ वटा टयाब्लेट र २ थान मोबाईल सहित निजहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको ।