भन्सार छलिका सामान सहित ट्रक नियन्त्रणमा
२०८१-०३-२६
- A
- A-
- A+
धनुषा,
शहिदनगर नगरपालिका ४ हौवाही स्थितबाट बिल बिजक भन्दा बढी मालसामान अं.मुल्य रु. ६१,३४,२६८/- ( एकसट्ठी लाख चौंतिस हजार दुई सय अरसट्ठी
रुपैयाँ) बराबरको सामान सहित प्र.१-०२-००१ ख ९३२२ नम्बरको ट्रकलाई मंगलबार राती
प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय यदुकूहा धनुषाबाट खटिएको प्रहरी
टोलीले नेपालबाट भारत तर्फ जाँदै गरेको उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक
कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया,बारामा बुझाईएको छ।