फरार प्रतिवादी पक्राउ
२०८१-०४-०६
- A
- A-
- A+
१. सिरहा,
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी जिल्ला सिरहा अर्नमा गाउँपालिका २
ब्रहमपुरी टोल बस्ने बर्ष ५२ को बचाई महतोलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको
छ । जिल्ला सिरहा अर्नमा गाउँपालिका २ ब्रहमपुरी टोल स्थित मैनाबती खोलाको धारको
चौरीमा सोही स्थान बस्ने बर्ष ५२ को बुधराम महतोलाई निज बचाई महतोले धारिलो हतियार
प्रहार गरी घाँटी काटि कर्तब्य गरी फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट
खटिएको प्रहरी टोलिले खोजतलास गर्दै जाने क्रममा जिल्ला सिरहा औरही गाउँपालिका २
दरहैया स्थित नेपाल-भारतको सिमाना नजिक लुकीछिपी बसिरहेको अवस्थामा निजलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।