प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रतिवन्धित लागु औषध सहित मानिस नियन्त्रणमा

२०८१-०४-३०

  • A
  • A-
  • A+
Share

    पर्सा, बिरगंज म.न.पा.वडा नं.१६ ईनर्वा संकरचार्य गेट र मितेरी पुलको बिचबाट लागु औषध गाँजा ५ किलो सहित देश भारत जिल्ला पुर्वी चम्पारण मौजे रक्सौल वडा नं. १४ बस्ने बिरेन्द्र कुमार सोनीको छोरा अं. वर्ष २८ को करण कुमार सोनीलाई मंलवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ईनर्वा बाट खटिएको प्रहरी टोलीले नेपाल भारत आवत जावत गर्ने सवारी साधन तथा पैदल मानिसहरु समेतलाई चेक जाँच गर्ने क्रममा नेपालको बिरगंज बजार देखी भारतको रक्सौल बजार तर्फ पैदल यात्री शंकास्पद रुपमा आइ रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान गरिरहेको छ ।

   

 धनुषा, जनकपुर उ.म.न.पा.१ रेल्वे स्टेशनको मेनगेट नजिक बाट प्रतिवन्धित लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १०० ग्राम सहित जिल्ला सिरहा सिरहा न.पा.१३ गमहरिया बस्ने लक्ष्मी यादवको छोरा अं.वर्ष ३३ को अभासकर यादवलाई मंलवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ ।  जि.प्र.का. धनुषाबाट र लागु औषध ब्युरो गोलबजार सिरहाबाट  खटिएको संयुक्त टोलीले पैदल यात्री माथि शंका लागि चेकजाँच गर्ने क्रमम रेल्वे स्टेशनको मेनगेट नजिक बाट प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान गरिरहेको छ । 



सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-२७

१.      पर्सा, छिपहरमाई गाउँपालिका-३ झलमझियाबाट अवैध लागूऔषध गाँजा १किलोग्राम सहित १ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका-३ चार्गाहा बस्ने अन्दाजि बर्ष ६५ को जमुना राउत रहेका छन् । प्रहरी चौकी बुढगाई पर्साबाट खटिएको प्रहरी टोलिले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      बारा, निजगढ नगरपालिका-११ रतनपुरबाट अवैध लागूऔषध  गाँजा १२ किलो २३० ग्राम सहित २ जनालाई मंगलवार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिपुर सिमरा उप-महानगरपालिका-१९ ईनर्वा सिरहा बस्ने फह देवानको छोरा अन्दाजि वर्ष ३५ को फिरोज देवान र जिल्ला रौतहट गौर नगरपालिका-९ बस्ने समिम देवानको छोरा अन्दाजि वर्ष १९ को तरबेज आलम रहेका छन् । अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरी गस्ती टोलिले निजहरुलाई ग ६ प ८८५१ र मधेश प्रदेश०३-०३८प.१२०९ नं.को मोटरसाइकल र उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-१०

१.      सर्लाही, हरिवन नगरपालिका-०१ तित्त्री चोकबाट लागू औषध गाँजा १० किलो ९४२ ग्राम सहित प्रदेश ३-०२-००२ प ४८८६ नं. को मोटरसाईकल शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । तित्त्रीचोक बाट हरिवन तर्फ आउदै गरेको मोटरसाईकलले सशस्त्र प्रहरी बल, सुरक्षा बेश हरिवनबाट खटिएको गस्ति टोलीलाई देख्ना साथ मोटरसाईकल सहित जेब्रा झोला छाडी फरार भएको र उक्त झोला चेकजाँच गर्दा लागू औषध गाँजा फेला पारी उक्त लागू औषध र मोटरसाईकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हरिवनमा बुझाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      धनुषा, जनकपुरधाम उपमहानगरपालिका-०४ शान्ति टोलबाट लागूऔषध गाँजा ३४८ किलो ६२२ ग्राम सहित ना ७ ख २२३७ नम्बरको टिप्पर गाडी शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त पदार्थ नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।