प्रतिवन्धित लागु औषध सहित मानिस पक्राउ
२०८१-०४-३२
- A
- A-
- A+
पर्सा, पटर्वासुगौली गा.पा.०४ अकवा गाँउ स्थितबाट प्रतिवन्धित लागु औषध चरेश १९२ किलो गाँजा ३० किलो र गाँजाको धुलो २६७ किलो सहित जिल्ला पर्सा कालिकामाई गा.पा.वडा नं.१ मुडली बस्ने अं. वर्ष ४० को फुलसरिफ मियाँलाई बुधवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीलाई प्रतिवन्धित लागु औषध खरिद बिक्री कार्य भई रहेको भन्ने बिशेष सुचनाको आधारमा गाँउको विभिन्न स्थानमा कानुनी रित पुर्याई खानतलासी गर्ने क्रममा प्रहरीले लागु औषध बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
महोत्तरी,
बर्दिवास न.पा.वडा नं.३ पाटु जङ्गल स्थितबाट लागु औषध नाईट्राभेट-१० लेखिएको १४७३ पिस
ट्यावलेट र कोरेक्स १ बोतल सहित जि. भक्तपुर
चाङगुनारायण न.पा. १ दुवाकोट बस्ने पुस्कर
श्रेठ्को छोरा बर्ष २३ को किशन श्रेष्ठ र मो.सा र पछाडि सवार ऐ ऐ बस्ने मिन ब.
वाईवा को छोरा बर्ष २२ को बिकाश वाईवालाई बिहिवार दिउँसो प्रहरीले नियन्त्रणमा
लिएको छ । ईलाका प्रहरी कार्यालय बर्दिबास र जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीबाट
खटिएको संयुक्त चेकिङ्ग टोलीले बर्दिवासबाट
काठमाण्डौं तर्फ बागमती प्रदेश-०२-०२५ प ६४६७ नम्बरको कालो सेतो NS पल्सर
मोटरसाईकल रोकी शंका लागि चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागु औषध सहित निजहरुलाई
प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।