सामान सहित ट्रक नियन्त्रणमा
२०८१-०५-०६
- A
- A-
- A+
१.
बारा, जितपुरसिमरा उपमहानगरपालिका ७ बाट अं. मुल्य
रु. २८,९५,७१३/- (अठ्ठाईस लाख पञ्चानब्बे हजार सात सय तेह्र रुपैयाँ) बराबरको सामानहरु
भएको तथा स्रोत समेत खुलाउन नसकेको बिरगंजबाट पथलैया तर्फ जाँदै गरेको ना ७ ख ५९२६
नम्बरको डिब्बा ट्रकलाई बुधवार राती प्रहरीले पक्राउ गरेको छ । ई.प्र.का.जितपुर र जि.प्र.का.बाराबाट
खटिएको संयुक्त प्रहरी चेकिङ टोलिले चेकजाचँ गर्दा उक्त मुल्य बराबरको सामान सहित
नियन्त्रणमा लिइ थप अनुसन्धान तथा आवश्यक कार्वाहीको लागी राजश्व अनुसन्धान
कार्यालय पथलैया, बारामा बुझाएको छ ।
२.
बारा, जितपुरसिमरा उपमहानगरपालिका ७ बाट अं. मुल्य
रु. ३३,३२,२२६/- बराबरको किराना सामान, नरिवल लगायत हार्डवेयरका सामानहरु भएको तथा स्रोत समेत खुलाउन नसकेको बिरगंजबाट पथलैया तर्फ जाँदै गरेको ना ४ ख ८८७५ नं.को ट्रकलाई बुधवार राती प्रहरीले पक्राउ गरेको छ । ई.प्र.का.जितपुरबाट खटिएको
प्रहरी चेकिङ टोलिले चेकजाचँ गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान तथा आवश्यक कार्वाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।