लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०५-०६
- A
- A-
- A+
१.
रौतहट, गौर नगरपालिका वडा नं. ८ बसपार्क स्थितबाट
लागु औषध नाइट्राभेट ट्याब्लेट १७ पिस, नुरफिन-१ एम्पुल,
फेनारगन-१ एम्पुल, डाईजोपाम-१ एम्पुल गरी
जम्मा-३ एम्पुल
सहित ऐ.चन्द्रनिगाहपुर न.पा. ८ बस्ने राज कुमार पटेलको छोरा बर्ष २० को अमित पटेललाई
बुधवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी पोष्ट बसपार्कबाट
खटिएको प्रहरी टोलीले गौरबाट बसपार्क तर्फ पैदल आउँदै गरेको अवस्थामा शंका लागि रोकी चेकजाँच क्रममा निजलाई लागु औषध
सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२.
पर्सा, बिरगंज महानगरपालिका वडा नं. १६
शंकराचार्य गेट स्थितबाट प्रतिबन्धित लागु औषध गाँजा ५ किलो ९०० ग्राम सहित जिल्ला पर्सा कालिकामाई गा.पा. ३ हरिहरपुर टोल बस्ने हिरामन
पासवानको छोरा वर्ष ३५ को ललन पासवानलाई बिहिवार दिउँसो प्रहरीले नियन्त्रणमा
लिएको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले शंकराचार्य गेट स्थितमा नेपाल
भारत आवतजावत गर्ने सवारी साधन तथा मानिसहरु समेतलाई चेकजाँच गर्ने क्रममा नेपाल
बिरगंजबाट भारतको रक्सौलतर्फ जाँदै गरेको व्यक्तिलाई
प्रहरीले लागु औषध सहित नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरी थप अनुसन्धान
गरिरहेको छ ।