लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०५-०७
- A
- A-
- A+
१.
पर्सा, बिरगंज महानगरपालिका वडा नं.१६ शंकराचार्य
गेट स्थितबाट ८०० ग्राम लागु औषध गाँजा सहित जिल्ला बारा जीतपुर सिमरा उ.म.न.पा.२२
अमलेखगंज बस्ने वर्ष १९ को उमेश थिङगलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी
टोलीले बिरगंजबाट रक्सौल तर्फ पैदल गईरहेको अवस्थामा चेकजाँच गर्दा निजलाई उक्त
लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान
गरिरहेको छ ।
२.
पर्सा, बिरगंज महानगरपालिका वडा नं. १६
शंकराचार्य गेट स्थितबाट ५ के.जी. ९०० ग्राम लागू औषध गाँजा सहित जिल्ला पर्सा
कालिकामाई गाउँपालिका ३ हरिहरपुर टोल बस्ने वर्ष ३५ को ललन पासवानलाई बिहीबार दिउँसो
प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट रक्सौल
तर्फ पैदल गईरहेको अवस्थामा चेकजाँच गर्दा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।