बिल बिजक शंकास्पद देखिएकोले ट्रक नियन्त्रणमा
२०८१-०५-०७
- A
- A-
- A+
१. सर्लाही, बागमती नगरपालिका १२ स्थित चेकपोष्टबाट अ. मुल्य रु. ३२,१०,१३१/- (बत्तिस लाख दश हजार एक सय एकतीस रुपैयाँ) बराबरको मालसामान सहित ना ६ ख २३३७ नम्बरको ट्रक (कन्टेनर)लाई बिहीबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिरगंजबाट ईटहरी तर्फ जाँदै गरेको उक्त ट्रकमा रहेको सामानहरुको अनलाईन बिलमा क्वान्टिटी भएको तर मुल्य नखुलाएकोले बिल बिजक शंकास्पद रहेको हुदाँ उक्त ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको ।