लागू औषध सहित मानिस नियनत्रणमा
२०८१-०५-०९
- A
- A-
- A+
१. पर्सा,
बिरगंज महानगरपालिका वडा नं. १६ भन्सार गेट अगाडीबाट प्रतिबन्धित लागू औषध डाईजेपाम
२ ml को १० एम्पुल, फेनारगन २ ml को १० एम्पुल र नुर्फिन २ ml को १० एम्पुल सहित जिल्ला
मकवानपुर हेटौंडा उ.म.न.पा. वडा नं. ११ थाना भर्याङ बस्ने काले परियारको श्रीमती बर्ष
२३ की शुस्मिता परियारलाई शनिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी
चौकी ईनर्वा र सशस्त्र प्रहरीको संयुक्त टोलीले भन्सार गेट अगाडी नेपाल भारत आवतजावत गर्ने
सवारी साधन तथा मानिसहरु समेतको चेकजाँच गर्ने क्रममा निज शुस्मिता परियारलाई लागू
औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२. सर्लाही, हरीपुर्वा नगरपालिका ९ मिर्चैया स्थितबाट प्रतिबन्धित लागू औषध Codeine phosphate and Triprolidenc Hydrocloride syrup(WIXDI) - १३ बोतल (१०० ml), Nitravet-10 लेखिएको दुई पत्तामा जम्मा ३० पिस र Blue spas plus लेखिएको तिन पत्तामा जम्मा २४ पिस सहित जिल्ला महोत्तरी गौशला नगरपालिका १२ बस्ने वर्ष २० को सोनु ठाकुरलाई शनिवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गौरीशंकरबाट खटिएको गस्ती टोलीले देश भारत सोहर्डवा गाउँबाट मिर्चैया तर्फ आउँदै गरेको ज ५ प ११८४ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।