लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०५-११
- A
- A-
- A+
पर्सा,
बिरगंज महानगरपालिका वडा नं. १७ अलौ चौक स्थितबाट ७ किलो ५०० ग्राम लागू औषध गाँजा
सहित जिल्ला चितवन राप्ती नगरपालिका १२ रावटी बस्ने बर्ष २४ को युबराज चेपाङलाई
सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी
टोलीले चेकजाँच गर्ने क्रममा बिरगंजबाट बिन्दवासीनि तर्फ जाँदै गरेको नं. नखुलेको
२२० CC
को पल्सर मोटरसाइकल र अलौ गाँउबाट ड्राईपोर्ट तर्फ आउँदै गरेको
ना.२७ प.९८९८ नं.को मोटरसाइकल एकआपसमा ठक्कर खाँदा ना.२७ प.९८९८ को मोटरसाइकल चालक
सहित बाटोको छेउमा बस्ने मानिसहरुलाई ठक्कर दिदाँ घाईते भई उपचारको लागी नारायणी
अस्पताल बिरगंज तर्फ पठाईएको घाईतेहरुको अबस्था मध्यम रहेको र नं.नखुलेको मो.सा.
पछाडी सवार निज युबराज चेपाङलाई चेकजाँच गर्दा उक्त लागू औषध सहित नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिहरको छ ।