बिल बिजक भन्दा बढी मालबस्तुहरू लोड रहेको ट्रकहरू नियन्त्रणमा
२०८१-०५-११
- A
- A-
- A+
पर्सा,
वीरगञ्ज महानगरपालिका वडा नं. ८ घण्टाघर स्थितबाट विल विजक भन्दा बढी अ. मूल्य रू.
१,३१,१५,६९८/- (एक करोड एकतिस लाख पन्ध्र हजार छ सय अन्ठान्वे रुपैयाँ) बराबरको कपडा,
औषधी तथा खुद्रा मालबस्तुहरू सहित प्र.७-०१-००१ ख ३०८८ र ना.३ ख. ५१६५ नम्बरको
मालबाहक ट्रकहरूलाई आईतवार राती प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय
पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट चितवन तथा
कैलालीतर्फ जाँदै गरेको उक्त मालबाहक ट्रकहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा
कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।