प्रतिबन्धित लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०५-१२
- A
- A-
- A+
सिरहा, मिर्चैया नगरपालिका
६ मटिअर्वा टोल स्थितबाट प्रतिबन्धित लागू औषध Codiwell थान-६५ (पैसठी)
बोतल, Codiwell को
खाली बोतल थान-७० (सत्तरी), NITRAVET-10 ट्याब्लेट २ पत्तामा ३० पिस, र SAMPEX ३ पत्तामा २७ पिस सहित सोही स्थान बस्ने बर्ष २५
को शुरेश यादवलाई बुधवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी
कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलिले गोप्य सुचनाको आधारमा खानतलासी गर्ने
क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
थप अनुसन्धान गरिरहेको छ ।