फरार प्रतिवादी पक्राउ
२०८१-०५-१३
- A
- A-
- A+
बारा,
लागू औषध मुद्दामा १ बर्ष कैद र रू. ५,०००/- जरिवाना तोकिएको फरार प्रतिबादी जिल्ला
मकवानपुर गढी गाउँपालिका ७ घर भई हाल जि. बारा निजगढ नगरपालिका ११ रतनपुर बस्ने बर्ष
२३ को बिजय गोलेलाई बुधवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी
कार्यालय निजगढबाट खटिएको प्रहरी टोलिले निजगढ नगरपालिका ९ स्थित निजगढ बजारबाट निजलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।