प्रतिबन्धित लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०५-१३
- A
- A-
- A+
बारा, जितपुरसिमरा उपमहानगरपालिका
१७ रघुनाथपुर स्थितबाट प्रतिबन्धित लागू औषध गाँजा अं. ९/१० के.जी. सहित जिल्ला बारा
निजगढ नगरपालिका १३ रतनपुर बस्ने वर्ष ३४ को संदेश स्याङतानलाई बिहिबार बिहान
प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी जैतापुरबाट खटिएको प्रहरी टोलीले रघुनाथपुरबाट
भोडाह तर्फ जाँदै गरेको प्र.२-०३-०१३ प २४०९ नं.को २२० CC को पल्सर मोटरसाइकललाई चेकजाचँ
गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।