प्रतिबन्धित लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०५-१७
- A
- A-
- A+
१.
पर्सा, बिरगंज महानगरपालिका १६ गण्डक चोक पोष्ट
स्थितबाट प्रतिबन्धित लागू औषध (TROHMA-50) नामक ९२० क्यापसुल सहित जिल्ला
मकवानपुर हेटौंडा उ.म.न.पा. वडा नं.१२ बस्ने बर्ष २५ को चन्द्र बहादुर थोक्करलाई आईतवार
राती प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले चेक जाँच
गर्ने क्रममा बिरगंजबाट हेटौंडा चल्ने प्र.२-०३-००१ ज ००८६ नम्बरको विंङ्गरको सिट
मुनि चिउराको बोरामा लुकाई छिपाई लैजाँदै गरेको उक्त लागू औषध सहित निजलाई
प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२.
सप्तरी, डाक्नेश्वरी नगरपालिका ३ तरही स्थितबाट लागू औषध Promethazine Injection-५ एम्पुल, Phenargan Injection-५ एम्पुल र Diazepam
Injection-५ एम्पुल गरी जम्मा १५ एम्पुल सहित
जिल्ला सप्तरी शम्भुनाथ नगरपालिका ३ कचन्दाहा बस्ने
बर्ष २४ को मिथुन कुमार पासवान र बर्ष २५ को प्रविन पासवानलाई आईतवार बेलुका
प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी तरहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच
गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आँउदै गरेको अवस्थामा चेकजाँच गर्दा निजहरुलाई प्रहरीले उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।