चाँदिको जस्तो देखिने गर-गहना सहित मानिस पक्राउ
२०८१-०५-१७
- A
- A-
- A+
१.
सिरहा, लहान नगरपालिका ७ दुर्गा मन्दिर स्थितबाट
चाँदीको जस्तो देखिने गर-गहना ८ के.जी. (मुल्य रु. १० लाख ४० हजार) बराबरको
गहना सहित जिल्ला मोरङ उर्लाबारी नगरपालिका ५ बस्ने बर्ष ३० को दिपेन्द्र बिकलाई
आईतवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले बिशेष
सुचनाको आधारमा लहान बजारबाट दुर्गा मन्दिर तर्फ पैदल आउँदै गरेको निजलाई चेकजाँच
गर्ने क्रममा श्रोत नखुलेको विभिन्न चाँदिको जस्तो देखिने गर-गहनाहरु सहित
नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय ईटहरी, सुनसरीमा बुझाईएको छ ।