प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०५-२१

  • A
  • A-
  • A+
Share


१.     रौतहट, गौर नगरपालिका ८ बसपार्क स्थितबाट लागू औषध Cocas Dx 100 ml को १० बोतल, Cocas Dx 60 ml को १ बोतल र Nitravet 10 लेखिएको ५ पत्तामा ७५ पिस ट्याब्लेट सहित गरुडा नगरपालिका ४ बस्ने वर्ष २० को संजय कुमार उपाध्यायलाई बिहीवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी गस्ती टोलीले चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

२.     सर्लाही, पर्सा गाउँपालिका ३ स्थितबाट लागू औषध ONEREX -100 ml को बोतल थान- २०१ सहित जिल्ला सर्लाही हरिवन नगरपालिका ९ बस्ने बर्ष २४ को धर्मेन्द्र राउतलाई बिहिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी नारायणपुर सर्लाहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको प्र.१-०१-०२ ०५४ प ४८३४ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

३.     सर्लाही, बागमती नगरपालिका -१२ स्थितबाट लागू औषध डाईजेपाम ११४ एम्पुल, फेनारगन ११४ एम्पुल र नोर्फिन १०२ एम्पुल गरी जम्मा ३३० एम्पुल सहित बागमती न.पा.-१२ बथाने टोल बस्ने वर्ष ५५ को ओमप्रकाश बर्णवाललाई बिहीवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैया र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा ओमप्रकाश बर्णवाल र निजको छोराहरु बिबेक बर्णवाल र बिकाश बर्णवाल समेतले लागू औषध ओसार-पसार तथा बिक्री बितरण गरिरहेको भन्ने खबर प्राप्त हुना साथ निजको घर खानतलासी गर्दा उक्त परिमाणको लागू औषध बरामद गरि निज ओमप्रकाश बर्णवाललाई लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०५-३०

१.      सिरहा, कर्जन्हा नगरपालिका १०प्रयागपुर चोक स्थितबाट लागू औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ८०० ग्राम सहित जिल्ला धनुषा धनुषाधाम नगरपालिका ३ बस्ने बर्ष ३५ को उमेश ठाकुर र बटेश्वर गाउँपालिका २ बटेश्वर बस्ने बर्ष ५० को प्रबेश ठाकुरलाई शनिवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मिर्चैयाबाट बन्दिपुर तर्फ जाँदै गरेको प्रदेश नं.२-०२-००४ प.३३३ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     सर्लाही, मलंगवा नगरपालिका ९ जि.बि.स. चोक स्थितबाट लागू औषध DIAZEPAM INJECTION I.P. ३४ पिस, PROMETHAZINE HYDROCHLORIDE INJECTIONT I.P. ३५ पिस र PLANE INJECTION ३४ पिस गरी जम्मा १०३ पिस सहित बागमती नगरपालिका १२ बस्ने वर्ष २५ को अनिल राईलाई आईतवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०५-२८

लागू औषध सहित मानिस नियन्त्रणमा१.     पर्सा, बहुदरमाई नगरपालिका ३ पदमैल गम्हरियाबाट लागू औषध गाँजा १५ किलो ग्राम सहित सोही स्थान बस्ने बर्ष ३८ को रफिक महमदलाई बिहीबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा निजको घरको बिभिन्न ठाउँमा लुकाई छिपाई राखेको अवस्थामा १५ किलो लागू औषध गाँजा सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     बारा, जितपुर सिमरा उपमहानगरपालिका २१ स्थितबाट लागू औषध गाँजा १ के.जी. ५०० ग्राम सहित जिल्ला बारा प्रसौनी गा.पा. ६ प्रसौनी बस्ने वर्ष ३५ को अजय साह र जिल्ला बारा कलैया उ.म.न.पा १८ मनगढवा बस्ने वर्ष ४५ को चनरदेव महतोलाई बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट बिरगंज तर्फ आउँदै गरेको ना ४ ख ९८६८ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ३.     सिरहा, औरही गा.पा.०१ हनुमान चौक स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ५.४०० मिलि ग्राम, बिभिन्न कम्पनीको माबाईल थान -४ र नेपाली नगद रु. १,१९,०००/- (एक लाख उन्नाईस हजार) सहित जि.सिरहा सिरहा न.पा.०१ बस्ने प्रदिप यादवको छोरा अं.बर्ष २७ को पंकज यादव, सिरहा न.पा. २ बस्ने बर्ष २२ को शंकर यादव र औरही गा.पा. ५ बस्ने बर्ष २९ को प्रबिण यादवलाई बिहीबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । लागू औषध नियन्त्रण ब्युरो गोलबजार र प्रहरी चौकी हर्कट्टीबाट खटिएको संयुक्त प्रहरी टोलीले हर्कट्टीबाट भारत लदनियाँ बोर्डर तर्फ जाँदै गरेको BR 06 DC 4995 नम्बरको जिपलाई शंका लागी चेकजाँच गर्दा निजहरुलाई उक्त लागू औषध, मोबाईल र नगद सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बिलबिजक भन्दा बढी सामान सहित ट्रक नियन्त्रणमा
२०८१-०५-२८

१.     बारा, जितपुर सिमरा उपमहानगरपालिका २१ स्थितबाट अं. मुल्य रु. ७५,०८,२३७/- (पचहत्तर लाख आठ हजार दुई सय सैंतिस रुपैयाँ) बराबरको सामान साहित ना ८ ख ७२४४ नम्बरको डिब्बा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको उक्त ट्रकलाई चेकजाँच गर्दा विलबिजक भन्दा बढी सामान लोड रहेको र सपोर्टिङ बिल समेत नभएको कारण खुद्रा सामानहरु (कम्प्युटर पार्टस, ईलेक्ट्रोनिक्स सामान, कस्मेटिक आईटम) सहित उक्त ट्रकलाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०५-२७

१.     पर्सा, बिरगंज महानगरपालिका १४ गण्डक स्थितबाट लागू औषध NITRAVE-10 ट्याब्लेट २९ पिस सहित जिल्ला चितवन भरतपुर म.न.पा. १७ बस्ने बर्ष २१ को रबि राउत र सोही स्थान बस्ने बर्ष १९ को संदेश सिंह दनुवारलाई बुधवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी टोलीले बसपार्कबाट गण्डक तर्फ आउँदै गरेको पैदल यात्रीहरुलाई शंका लागी चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।२.     सिरहा, मिर्चैया नगरपालिका ५ स्कुलटोल स्थितबाट लागू औषध गाँजा १ किलोग्राम सहित जिल्ला सिरहा गोलबजार न.पा. २ टुर्किया टोल बस्ने गंगा राम साहको श्रीमती बर्ष ४० की गिता कुमारी साह र मिर्चैया न.पा. ५ स्कुलटोल बस्ने झुमक साहको श्रीमती बर्ष ४० की प्रमिला देबी साहलाई बुधवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा लागू औषध गाँजा खरिद बिक्री गरिरहेको अवस्थामा निज दुवै जनालाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ३.     पर्सा, बहुदरमाई नगरपालिका ३ पदमैल गम्हरिया स्थितबाट लागू औषध गाँजा १५ किलोग्राम सहित सोही स्थान बस्ने बर्ष ३८ को रफिक महमदलाई बिहीवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलिले बिशेष सुचनाको आधारमा चेकजाँच गर्दा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०५-२६

१.      महोत्तरी, मटियानी नगरपालिका वडा नं. ९ बौहर्वा चौक स्थितबाट लागू औषध NORPHIN ५०० एम्पुल सहित सोही स्थान बस्ने वर्ष १९ को अलाउदिन राईनलाई मंलवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पर्सापतैलीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा अलाउदिन राईनले बोकेको झोला शंका लागि चेकजाँच गर्दा उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     सिरहा, लहान नगरपालिका १९ कटहा स्थितबाट लागू औषध WIXDIN २० पिस, NITRAVET- ५ पत्तामा १५० पिस, DIZOPAM- ३६ पिस, PHENARGON-३८ पिस, BIUPRONORPHIN- ३७ पिस र लेबल नभएको १ पिस सहित जिल्ला सिरहा सुखिपुर न.पा. १ शिवनगर बस्ने बर्ष २५ को बिवेक चौधरी र जिल्ला सप्तरी सुरुङगा न.पा. ४ कदमाहा बस्ने बर्ष २८ को सुरज चौधरीलाई मंगलवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा छरापट्टीबाट कटहा तर्फ आउँदै गरेको ज १२ प ६८८९ नम्बरको 160 CC को  FZ मोटरसाइकललाई चेक जाँच गर्दा उक्त लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।