लागू औषध गाँजा सहित ट्रक नियन्त्रणमा
२०८१-०५-२५
- A
- A-
- A+
बारा जितपुर सिमरा उपमहानगरपालिका
२१ अम्लेखगंज स्थितबाट २४० के.जी. लागू औषध गाँजा सहित ना.४ ख. २०६३ नम्बरको ट्रक,
ट्रक चालक जिल्ला चितवन राप्ती नगरपालिका ३ झुरझुरे बस्ने वर्ष २६ को विज्ञान
तिमल्सिना र सह-चालक सोही स्थान बस्ने वर्ष १८को बाबु काजी परियारलाई सोमबार बेलुका
प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरी
टोलीले विशेष सुचनाको आधारमा चेक जाँच गर्ने क्रममा हेटौंडाबाट पथलैया तर्फ जाँदै
गरेको ट्रकलाई उक्त परिमाणको लागू औषध गाँजा सहित नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।