लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०६-०७
- A
- A-
- A+
१. पर्सा, बिरगंज महानगरपालिका १६ भंसार गेट अगाडीबाट लागू औषध डाईजेपाम २ ml को १९ एम्पुल, नुर्फिन २ ml को ५९ एम्पुल र प्रोमेथाजिन २ ml को ४० एम्पुल सहित जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा. वडा नं. २ बस्ने बर्ष ३७ को मनोज पटेललाई आईतवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ईनर्वा र सशस्त्र प्रहरी बल समेतको संयुक्त चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ आउँदै गरेको ना.१६ प. २१७६ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा उक्त लागु औषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२. बारा,
निजगढ नगरपालिका ९ स्थितबाट लागू औषध ट्रामाडोल १३० प्याकेटमा १३०० पिस सहित निजगढ
नगरपालिका ९ क्याम्पस चोक बस्ने प्रेम बहादुर पाख्रिनको श्रीमती बर्ष ६० की
फुलमाया पाख्रिन, निजगढ न.पा. ८ बुद्ध चोक बस्ने बर्ष १९ को बिबेक लामा मुक्तान, निजगढ
न.पा. ३ सिंगौल बस्ने बर्ष २४ को रेमन जिम्बा र जि. भक्तपुर चाँगुनारायण न.पा. ६
पिपल बोट बस्ने बर्ष ३१ को लेख बहादुर बल तामाङलाई आईतवार दिउँसो प्रहरीले
नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले प्रेम
बहादुर पाख्रिनको घरमा लागू औषध खरीद बिक्री भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा
निजको कुखुरा र बाख्राको खोरमा खानतलासी गर्दा सेतो बोरा र कालो प्लाष्टिकमा लुकाई
छिपाई राखेको अवस्थामा उक्त लागू औषध फेला परेकोले निजहरुलाई उक्त लागू औषध सहित
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।