बिल बिजक भन्दा बढी मालसामान लोड रहेको ट्रक नियन्त्रणमा
२०८१-०६-०७
- A
- A-
- A+
१. पर्सा,
वीरगञ्ज महानगरपालिका १४ स्थित गण्डक चोकबाट विल विजक भन्दा बढी मालबस्तुहरू अन्दाजी
मूल्य रू. ३३,७७,९४०/- (तेंतिस लाख सतहत्तर हजार नौ सय चालीस रुपैयाँ) बराबरको
सामान लोड रहेको ना.३ ख. ८०४२ नम्बरको ट्रकलाई सोमबार राती प्रहरीले नियन्त्रणमा
लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बिरगञ्जबाट चितवनतर्फ जाँदै
गरेको अवस्थामा चेक जाँच गर्दा बिल बिजक भन्दा बढी सामान रहेकोले उक्त ट्रकलाई थप
अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ
।